Gold
Bangad salyan

कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ उड्ने

काठमान्डौ – नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। सरकारले कोरोना भाइरसविरूद्धको चीनबाट ४० लाख कोरोनाको खोप खरिद गरेको थियो।

उक्त खोपको १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे बेइजिङ जानलागेको हो। यस अघिपनि एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।

खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने र त्यसपछि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका रहेको एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए।

अघिल्लो पटक ल्याएको खोप सरकारले अहिले विभिन्न नागरिकलाई लगाईरहेको छ भिली आउने खोप कति उमेर समूहका व्याक्तिहरुलाई लगाउने भन्नेबारे निर्णय हुन बाँकी छ।