Gold
Bangad salyan

भक्तपुरको जङ्गलमा मानव कङ्काल भेटियो यस्तो छ हुलिया

भक्तपुर – भक्तपुरको जङ्गलमा मानव कङ्काल भेटिएको छ। सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो ।

घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको उक्त रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ ।

रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएक हुन्।

यस्तै एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत फेला परेको गिरीले बताए। प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ ।