Gold
Bangad salyan

निर्मला पन्तको न्याय माग्दै काठमान्डौमा दीप प्रज्वलन

काठमान्डौ – निर्मला पन्तको न्याय माग्दै काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । ब,लात्कार पछि ह,त्या गरिएकि कंचनपुरकि १३ बर्षकि निर्मला पन्तको ह,त्या भएको गत आईतवार ठिक तीन वर्ष भएको छ ।

हत्या भएको तीन बर्ष सम्ममा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै चौतर्फी सरकार र प्रहरी प्रशासनको विरोध भएको छ ।

२०७५ साउन १० गते निर्मलाको ब,लात्कार पछि ह,त्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव फेला परेको थियो । तत्काल निर्मला पन्तको ह,त्यारा पत्ता लगाई निर्मला लाई न्याय दिन माग गर्दै दीप प्रज्वलन गरिएको हो ।

यस्तै केही दिन अगाडि शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई पिडितलाई न्याय दिन आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएका थिए ।