भारतीय पक्षको दाबी: दार्चुलामा तुइनबाट युवक आफै लटपटिएर खसे घटनामा एसएसबीको संलग्नता छैन
धनगढी – महाकाली नदीमा तुईनबाट खसेर युवक वेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको भारतले जनाएको छ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा एसएसबीको कुनै संलग्नता नरहेको दाबी गरेका हुन् ।
दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे जानकारी दिन पत्र पठाएका थिए। जोशीले पत्रको जवाफ आएको भन्दै तुुइन तर्न नसकेर युुवक आफैं खसेका हुुन् ।
बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ भन्ने जानकारी गरेका हुन्। भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए ।
ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको ह। तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन। पत्रमा उल्लेख भएको कुुरा प्रजिअ जोशीले भन। प्रत्यक्षदर्शीले भने भारतीय एसएसबीले तुुइनको डोरी काटीदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताएका छन्।
शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका हुन् ।
उनको शव अझै फेला परेको छैन। घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले टोली गठन गरिसकेको छ भने उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै नेपाली प्रत्यक्षदर्शी र भारतीय अधिकारीको जवाफ नमिलेपछि घटनास्थलको अनुसन्धानका लागि थप टोली खटिएको छ।

