Gold
Bangad salyan

कोरोना ग्राफ बढ्यो एकै दिन ४,१०७ जना कोरोना संक्रमित फेला

साउन २० काठमान्डौ- दैनिक जस्तो कोरोना ग्राफ बढिरहेको छ। निशेधाज्ञा लिज भएपछि दैनिक जस्तो नेपालमा कोरोना संक्रमित बढिरहेका छन्।

गत २४ घण्टालाई हेर्दा नेपालमा थप एकै दिन ४,१०७ जना कोरोना संक्रमित फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा १५३५ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टामा थप ३५ जनाको दु:खद निधन भएको छ।