Gold
Bangad salyan

अब एमाले समाजवादी पार्टीलाई सहयोग गर्छु : बामदेव गौतम

काठमान्डौ- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्।

बिहीबार पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन्। यस्तै अब केपी ओलीको पक्षमा लागेर पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ। पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्छु

अब हामीले विद्रोहबाट अर्को पक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं। ओलीको पक्षमा लागेर केही गर्न सकिदैन,’ उनले भन। यस्तै नेपालसँग पार्टी एकताको जिम्मेवारी गौतमले दिन आग्रह गर्ने पनि बताए।