Gold
Bangad salyan

माधव नेपालका पूर्व स्वकीय सचिव वागमती प्रदेशको नयाँ प्रमुखमा सिफारिस

काठमान्डौ- सरकारले वागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्दै प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कोटाबाट यादव शर्मालाई सिफारिस गरेको छ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर सरकारले यादव शर्मालाई वाग्मती प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको ह। शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् ।

माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए ।त्यस्तै शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुन् ।बुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ लिएकी थिइन् ।