स्वास्थ्यकै कर्मचारीले लुकाई छुपाई बेचीरहेका छन निजि मेडिकलमा कोरोनाविरुद्दको खोप
काठमाडौ – कोरोनाविरुद्धको खोप निजी औषधि पसल (फार्मेसी) मा बिक्री गरेको पाइएको छ ।
बिहीबार नगरपालिकाले गरेको अनुगमनमा धनुषाको सहिदनगर नगरपालिका,३ यदुकुहास्थित प्राथमिक स्वास्थ्य केन्द्र अगाडिको श्रीराम मेडिकलमा खोप फेला पारिएको नगर प्रमुख उदय बरबरियाले बताए ।
६ भाइल खोप फेला परेको छ । जसमध्ये भेरोसेल ४ भाइल, जानसेन र अस्ट्राजेनेका १/१ भाइल छन्,’ उनले भने ।
नगरपालिकालाई पठाएको खोप भेटाइएपछि फार्मेसी सञ्चालक कमलेश मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

