Gold
Bangad salyan

केपि ओलीले जबरजस्ती एमसीसी पास गर्न खोजेका थिए : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद अझै एक साता विस्तार नहुने बताएका छन ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एक साताभित्रमा सरकारले पूर्णता पाउने पनि बताए । यस्तै नेपालले भने म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।

आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आफू भने जुन बेला पनि तयार रहेको नेपालले बताए ।संघीय सरकारमा सामेल हुने मात्र नभई प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै ‘सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ नेपालले भने ।

तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको र आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन सँगै जाने भन्दै नेपालले भने ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं ।

आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’दक्षिणपन्थी भासमा डुबेको एमालेसँग भने गठबन्धन नहुने उनले प्रष्ट पारे ।

एमसीसीका निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोध्नु परेको समेत उनले तर्क गरे।आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्ने र यो जनतालाई अल्मल्याउन गफ दिने पार्टी नभई यथार्थवादी राजनीति गर्ने पनि नेपालको भनाइ रहेको थियो।