भारतीय तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा ३ जना घाइते
असोज ५ ,कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका,८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा ३ जना घाइते भएका छन्।
सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका थिए।
आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको र उनीहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको ।
तस्करहरुले ल्याएको अवैध चिनीको जाँच बुझ गर्न खोज्दा ६/७ जना तस्करहरुले ढुंगा मुढा गरेका थिए। आक्रमण भएको ठाँउदेखि नजिकै भारतीय भुमि रहेको हुँदा तस्कर भाग्न सफल रहेको र उनीहरुको पहिचान भईसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानए।