एमसीसी कुनै हालतमा पास हुँदैन: महरा

दाङ – सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले यस्तो बताएका हुन ।

एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भने  ।

उनले एमसीसीलाई नेपालमा टेकेर ‘चीनलाई घेर्ने रणनीति’ को संज्ञा पनि दिए । एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उनको भनाइ छ ।

यस्तै आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उनले बताए । तपाईहरु ढुक्क हुनुस तपाईंहरू हुनुस एमसीसी कुनै पनि हालतमा पास हुँदैन महराले भने ।