Gold
Bangad salyan

डा. उपेन्द्र देवकोटाको निधन ,,

असार,४ काठमाडौं – जीवनमा यौटा सत्य कुरा हो जुन मृतु ,जसलाई कसैले रोक्न सक्दैन ।तेसैले लामो समयको पर्खाईसंगै वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो

देवाकोटाको पित्तथैलीमा क्यान्सर बाट पिडित हुन् उनि बेलायतमा उपचारारथ भयपनी उनले नेपालमै उपचार गर्ने निधो गरेका थिय। उनको ईच्छा बमिजिम स्वदेश फर्कायर आफैले स्थापना गरेको अस्पतालमा उपचार गरियो र उनको देहान्त भयो ।अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ । उनले केहि दिन अगाडी मात्र पनि आफ्नो ग्रह जिल्ला गोर्खा जाने निधो गरे पछि अस्पताल स्रोतले उनलाई गोर्खा लगेर पुन: अस्पताल फर्कायको थियो ।

अस्पतालको विज्ञप्ति पढ्नुहोस ,,