महिलाको चरित्र हत्या हुनेगरी भिडियो प्रशारण गर्ने चार युटुबर पक्राउ
काठमान्डौ – महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिने गरेका चार जना युट्युबरलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
पक्राउ पर्नेमा दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन।
उनीहरूमाथि चरित्र हत्या हुने गरी तथा इज्जत प्रतिष्ठामा आँच पुर्याइ घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाईएको ब्युरोले जनाएको छ ।
अनिहरुले ती महिलाको अनुमतीबिनानै भिडियो प्रशारण गरेको पाईएको छ ।