बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट

कार्तिक १२ ,काठमान्डौ – नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा शुक्रबार दिउँसो कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् ।सोहि विषयमा भना भन हुँदा दुवैजनाविच कुटाकुट भएको पाईएको हो।

बारका अधिवक्ताको एक पक्षले न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट हेर्नुपर्ने र इजलास संचालनको आवाज उठाइरहेको छ भने अर्को पक्षले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म न्यायाधीशहरु इजलासमा जान नहुने अडानमा छ।