सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई कालो मोसो दले
कार्तिक १२ ,जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई कालो मोसो दलेका छन्।
धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई दुर्व्यवहार गर्दै चप्पलले पिटेका छन्।
,चार दिनदेखि आन्दोलनरत विद्यार्थीको माग पूरा नगरेको भन्दै उनीहरूले कालो मोसो दलेको र बाटोमा बरकुर्वालाई लच्छार पछारर गरेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए। साह विद्यालय जाँदै गरेका थिए।
नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्। यस अघि सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गर्दै नाङ्गै बजारभरि डुलाएका थिए।