एमसीसी पास गर्छु भनेर चिठ्ठी लेखेको कुरा सत्य हो :प्रचण्ड
कार्तिक १९ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छौं भनेर आफूहरुले अमेरिकालाई पत्र नपठाएको बताएका छन् ।
ईन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलको नेतृत्वमा देउसी-भैलो खेल्न पुगेको टोलीसँग कुराकानी गर्दै दाहालले एमसीसी पास गर्ने भन्ने बारेमा कुनै पत्र नपठाएको स्पस्ट पारेका हुन्। प्रधानमन्त्री शेरबहादुरजीले हिजो मात्र आफू र प्रचण्डले एमसीसी पास गर्ने भन्दै आमेरिकालाई पठाएको पत्रमा हस्ताक्षर गरेको भनेपछि देश भर तरंग फैलीएको थियो।
उनले भने,‘प्रधानमन्त्री शेरबहादुरजीले पनि यो कुरा सच्याउनुभएको छ। हामीले राष्ट्रिय सहमति नबनाई यसलाई पारित गर्न सकिँदैन। जनताले जे भन्छन त्यहि हुन्छ मैले पहिले पनि भनेको छु। त्यसको निम्ति हामीलाई समय चाहिन्छ,। हामी छलफल गर्छौं भनेर लेखेको चिठ्ठी हो । यो कुरा प्रष्ट होस् । यस्तै अहिलेको सत्तापक्षीय गठबन्धन लामो समय सम्म अगाडी जाने पनि बताए।
उनले भने,‘यही गठबन्धनले नै चुनाव गराउँछ, चुनावमा पनि हामीसकेसम्म तालमेल गरेर नै जान्छौं । अब देश समृद्धितर्फ लैजाने संकल्प छ मा त्यसैमा अलागी परेको छु उनले भने। सांस्कृतिक आन्दोलन आवश्यक रहेको पनि दाहालले बताएका छन् । उनले अनुदानमा दिने कुरा लिँदा सामान्य कुरा भएको उल्लेख गरे ।

