Gold
Bangad salyan

सुर्खेतबाट तास खेलिरहेका ७ जना पक्राउ

कार्तिक १९ ,सुर्खेत – सुर्खेतमा तिहारको बेला जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति वीरेन्द्रनगर नगरपालिका ८ कबडहल नजिक गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुबाट तिन गड्डी तास एक लाख ७२ हजार रुपैयाँ पनि फेला परेको सुर्खेत प्रहरीले जनाएको छ।

रुकुमपश्चिममा तास खेलिरहेका वडा अध्यक्ष सहितका व्याक्तिलाई रुकुम प्रहरीले पक्राउ गारेको छ। मुसीकोट नगरपालिका-१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी ,सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल बुढा ,३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको जनाएको छ ।