Gold
Bangad salyan

निर्मला कुर्मी बेपत्ता प्रकरण ७ जना पक्राउ

,काठमान्डौ – नेपालगञ्जकी निर्मला कुर्मीलाई बेपत्ता पारेर हत्या गरेको आरोपमा प्रहरिले ७ जना आरोपिलाई पक्राउ गरेको छ।

निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया ,अमरलाल कुर्मी र धीरेन्द्र सिंह ,बबन सिंहलाई पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

यस्तै यी मध्ये आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । अभियुक्तमध्ये पूर्वसांसद बादशाह कुर्मीले भदौमा आफैं जिल्ला प्रहरी कार्यालयमा आएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो ।

पक्राउ परेका ६ जनालाई अदालतबाट म्याद थपेर हिरासतमा अराखेरा प्रहरीले अनुसन्धान बढाईएको न्यौपानेले बताए। सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले थप अनुसन्धान हुने उनले बताए।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो । नेपालगन्ज १७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी,रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसान्धान गरिरहेको जनाएको छ । मुद्दा दर्ता भएको एक वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थिएन ।