Gold
Bangad salyan

प्रदर्शन गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीको धरपकड

काठमान्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्द नेपाल बार एसोसिएसनको अगुवाईमा भइरहेको आन्दोलनका क्रममा सोमबार प्रहरीले धरपकड गरेको छ। प्रहरीले प्रदर्शनमा सहभागी केहीलाई नियन्त्रणमासमेत लिएको छ ।

कानुन व्यवसायीले संधैझैँ सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनका क्रममा आज प्रहरीसँग धकेलाधकेल भएको हो । प्रहरीले अघिल्ला दिनमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीलाई जान रोक लगाएको थियो।

प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागगर्दै कानुन व्यवसायीहरु आन्दोलित छन्।

प्रधानन्यायाधीशले संवाद गर्न आज विज्ञप्ति निकलेपनी नेपाल बार एसोसिएसनले संवादमा बस्न अस्विकार गरेको छ। बारले प्रधानन्यायाधीशको राजीनामानै बटमलाईन रहेको जनाएको छ।