Gold

पूर्वी नवलपरासीबाट विप्लवका ६ कार्यकर्ता पक्राउ

Naumule Migrate

कार्तिक ३०,पूर्वी नवलपरासी- पूर्वी नवलपरासीबाट बन्द गराउंदै हिडेका विप्लवका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। चोरमारा बजारमा मंगलबार बिहान बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, वीरबहादुर थापा मगर छन्। त्यसैगरी नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको एसपी मल्लले जानकारी दिए। उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले आज बन्दको आव्हान गरेको छ।बन्दका कारण आज लामो दुरी देखि छोटो दुरीका सवारिसाधन चलेका छैनन्।

Naumule Badhipahiro