भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्तालाई स्वयंसेवकले बाहिर निकालीदिए
मंसिर १२,चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा वितरण गरिएको छ
रावलको उम्मेद्बारी किन भन्ने पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालिदिएका छन।
बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने कारणबारे उल्लेख छ ।
पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।
आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हिजो मात्र ओलीले सबै नेता कार्यकर्तालाई हतारो नगर्न आग्रह गरेका थिए ।

