जाजरकोटमा दु:खद बस दुर्घटना पाँच जनाको मृत्युु २८ घाईते
मंसिर १२, काठमान्डौ – जाजरकोटमा आइतबार बिहान भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज देखि राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदु बराहचौरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा २८ जना घाइते छन्। घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले बताए।
गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ। रिफरका लागि हेलिकप्टर माग गरिएको उनले बताए । यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैइरहेको उनले बताए ।
मृतकको सनाखत
मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गीता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनीषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने रहेका छन्।
यस्तै वडा नम्बर १ का खम्ब प्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, बिपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरू रेम्बो पुन र आस्या वली ठेगाना खुलेको छैन । बस दुर्घटनाको कारण भने खुलेको छैन बस सडकदेखि दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

