८० बर्ष सम्म केहि हुन्दैन भनेको ५ करोडको पुल निर्माणाधीनमै भाँचीयो
मङ्सिर १२ ,काठमान्डौ – भोजपुरको कावा खोलामा निर्माण भईरहेको ५ करोड बढी लागत पुल भाँचीएकको छ।
हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण थालेको पुल भांचीएको हो।
४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलव २० मिटर रहेको पुलको दुवै तिर पैदल हिँड्न मिल्ने गरी बनिरहेको पुल निर्माणाधीन अगाडीनै भाँचीएको भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले बताए।
पुल निर्माणको क्रममा एउटा ठेकेदार कम्पनीले पुलको स्टिलको संरचना बनाएपछि अर्को ठेकेदार कम्पनीले ढलान गर्ने क्रममा सो पुल भाँचिएको राइले बताए। पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममै भाँचिएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन्।
यो पुल दुई वटा गाँउपालीकालाई मात्र जोड्ने नभई प्रदेश १ को महत्वपूर्ण आयोजना भएको बताउँदै त्रुटिपूर्ण काम गर्ने निर्माण व्यवसायीलाई स्थानीयले कारबाहीको माग गरेका छन् । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

