गुर्भाकोटमा माओवादी पार्टीको एकल झण्डा फहराउने दिन आइसक्यो : प्रमुख सचेतक बिष्ट

सुर्खेत – नेकपा माओवादी केन्द्र गुर्भाकोट नगरपालिकाको ऐतिहासिक नगर सम्मेलन पछि नगर कमिटीको पहिलो बिस्तारित बैठक सम्पन्न भएको छ।

बैठक नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक माननीय ठम्मर बहादुर बिष्टज्यको प्रमुख आथित्यतामा र नगर कमिटी अध्यक्ष डिल बहादुर डाङीको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकले पार्टीका विभिन्न जनबर्गिय संगठनको भेला सम्पन्न गरि नगर ,वडा हुँदै टोलसम्म पुगि जनताहरुको मनोभावाना अनुसार काम गर्न नेता कार्यकर्ताहरुलाइ सचेतक ठम्मर बिष्टले निर्देसन दिएका थिए। यस्तै बैठकले पार्टीका मातहतमा विभाग र संयोजक समेत तोकेको छ।

बैठकले अध्यक्षमा जय बहादुर डाँगी ,बरिस्ठ उपाअध्यमा यज्ञ बाहादुर बिक ,उपाअध्यक्षमा नर बहादुर डाँगी ,उपाअध्यक्ष जनक राज रेग्मी सचिवमा युवराज शर्मा ,ससचिव दिपक शाही ,कोषाअध्यक्षमा नन्दकली विकलाई चयन गरेको छ। नव निर्वाचित पदाधिकारी सबैलाई संसदीय दलका प्रमुख सचेतक बिष्टले कार्यकालको सुभकामना व्यक्त गरेका छन्।

देशको पूर्वदेखि पश्चिम सम्ममा माओवादी केन्द्रले जितको संखघोस गरिसकेको हुनाले सक्रिया सशक्त र एकताबद्द संगठन निर्माण गरि माओवादी पार्टीको गुर्भाकोटमा एकल झण्डा फहराउनु पर्ने समेत सचेतक बिष्टको भनाई थियो।यस्तै उक्त सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि आएका झन्डै १५० बढी कार्यकर्ताहरुलाई सचेतक बिष्टले माओवादी केन्द्रमा स्वागत गरेका थिए।