नेताहरू गाउँमा पुग्दा जन्ताले कुन चोर आयो भन्छन् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
मंसिर , २४ काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई जन्ताले गाउँ पुग्दा नेता हैन कुन चोर आयो भनेर भन्ने गरेको बताएका छन ।
आज नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै उनले नेताहरुले जनताबाट विश्वास गुमाएको बताए । नेताहरु गाउँको कार्यक्रममा पुग्दा जनताले कुन नेता आएछ होइन कुन चोर आएछ भन्न थालेका छन्,’ लिङ्देनले भने
२०४७ सालपछि कुनैपनि सरकार पूर्ण कार्यकाल नचलेको र कुनैपनि पार्टी फुटबाट नजोगिएको तथ्य उल्लेख गर्दै नेताहरु चुकेको तर्क गरे ।
लिङ्देनले देशमा राजसंस्था अपरिहार्य भएको बताए । उनले भने राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री बन्न नपाउने प्रणाली बनाउनुपर्छ ।