Gold
Bangad salyan

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी

काठमान्डौ- नेपाली कांग्रेस सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ। मुख्य चारसहित ६ जनाले सभापतिमा उमेद्वारी दिएका हुन्।

पार्टीको १४ औ महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको छ।

त्यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको छ।

संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिरिएपछि कोईराला समूहलाई समर्थन गरेका छन्।

देउवा समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी परेको छ।

महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ ।कांग्रेसको १४ औ महा धिवेशन हिजोबाट काठमान्डौमा जारी छ।