हाल सम्म २ हजार ८०९ मत खस्यो
मङ्सिर २७ ,काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा हाल सम्म २ हजार ८०९ मत खसेको छ।
आज दिउँसो ५:४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए। १ सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ। आज दिनको १२ बजेबाट मतदान सुरु भको हो।

