एमसीसीको विरोध गर्दा नागरिकहरुमा प्रहरी दमन र लाठि चार्ज
मङ्सिर २८ ,काठमाडौँ – अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बाहिर भएको प्रदर्शनमा झडप भएको छ। राष्ट्रिय झन्डा, पार्टीको झन्डा र एमसीसी विरोधी नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूसँग प्रहरीको झडप भएको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहूति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत ६ वटा कम्युनिस्ट दलका नेताहरूले संयुक्त रुपमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गर्दै लाठि चार्ज गरेको छ। प्रहरीको लाठिबाट दर्जनौ प्रदर्शनकारी घाईते भएका छन् भने केहि प्रदर्शनकारीलाई प्रहरीले भ्यानमा हालेर लागेको छ। स्थानीयले नेपालमा एमसीसीको चर्को विरोध गर्दै आईरहेका छन्।