Gold
Bangad salyan

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पनि कोरोनाले छोडेन

मङ्सिर २८ ,काठमाडौँ – एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेनाले आक्रमण गरेको छ। उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी गरेका छन्।

कोरोनाको हल्का आफूलाई लक्षण देखिएको र आफ्नो सम्पर्कमा आएका सबैले काेराेना परीक्षण गराउन पनि उनले आग्रह गरेका हुन्।

‘चार/पाँच दिनदेखि मेराे नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुराेध गर्दछु’​, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।