Gold
Bangad salyan

सुर्खेत गुर्भाकोटमा भेरी नदिको पुल भाच्चिदा २५ जनाको मृत्यु

सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका अन्तर्गत मेहेलकुना सुभाकोट मेलामा पुल भाच्चिदा २५ जनाको ज्यान गएको आज १४ बर्ष पूरा भएको छ।

आजैकै दिन २०६४ पुस १० गतेका दिन सुर्खेतको शुभाघाट मेलामा रमाई रहेका बेला शुभाघाट पुल भाच्चिदा र मेला हेर्न आएका २५ जनाको ज्यान गएको थियो।

सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट मेला भर्न दर्शनार्थी आएका थिए । झोलुंगे पुल भाँचिएर भेरीमा खसी मृत्यु भएको घटनालाई शुभाघाटवासीले कालो दिनका रूपमा स्मरण गर्ने गरेका छन् ।

प्रतेक बर्ष मंसिर पुर्णिामाको दिन सुभघाटको मेला लाग्ने गर्दछ । यो बर्ष पनि भेरी नदि किनारामा ठूलो मेला लागेको छ ।
दुर्घटना भएको झोलुंगे पुल नजिकै हाल पक्की पुल निर्माण गरिएको छ ।