स्याङ्जामा १६ महिने बालकमाथि चक्कु प्रहर गरेर हत्या
पुस २८ ,काठमाडौं- स्याङ्जामा १६ महिने बालकमाथि चक्कु प्रहर गरेर हत्या गरिएको छ।स्याङ्जाको वालिङ नगरपालिका १० भकुण्डेमा आज दिउँसो भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेर हत्या गरेको हो।
जितेन्द्रको घर पर्वतको पैयूँ गाउँपालिका ५ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरिसकेको छ ।

