Gold
Bangad salyan

सिंहदरबार प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयकाे निर्णय, प्रवेश पास खारेज

काठमान्डौ – गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । काेभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण र ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेकाे जनाएको छ ।

कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ गृहको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले आज बुधवार निकालेकाे सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश दिईने छ।