यसरि यात्रा गर्दा जोर विजोर नहुने
माघ ७, काठमान्डौ – सरकारले सवारीसाधनमा आज राती १२ बजेबाट जोर विजोर लागू गरेको छ। कोरोना भाईरस (कोभिड १९ ) ओमिक्रोन संक्रमण दैनिक जस्तो बढेपछि सरकारले आज रातीबाट लागू हुने गरि सवारीसाधनमा जोर विजोर लागू गरेको हो ।
सवारीसाधनमा जोर विजोर लागू गर्दा झनै कोरोना संक्रमण बढ्ने आकलन गरिएको छ। विभिन्न अफिस कार्यलयमा काम गर्नेहरु अफिस नगै नहुने भएको हुँदा उनीहरुले जोर विजोर लागु गर्दा झनै एक अर्कामा संक्रमण हुने प्रष्ट देखिने गरेको छ।
सवारीसाधनमा जोर विजोर प्रणाली सुरु सङगै कर्यालय प्रस्थान गर्नेहरुको सम्पर्क र यात्राले झनै कोरोना संक्रमण फैलिनसक्ने जानकारहरु बताउँछन। यस्तै यो पटकभने सरकारले तत्काल लकडाउन नगर्ने बताईसकेको छ।
विभिन्न खाले सभा समेल्लन पार्टी नगर्न र २५ जना भन्दा बढी जम्मा नहुन सरकारले संदेश जारी गरिसकेको छ। यस्तै माघ २७ गते सम्म विध्यालय क्षेत्र बन्द गर्न र सबैले खोप लगाउन सरकारले आग्रह गरेको छ।
कोरोनाबाट बच्न सरकारले विभिन्न उपाय अनपाउने गरेपनी दैनिक जस्तो ११ देखि १२ हजार नेपालमा संक्रमित फेला पर्ने गरेका छन। आज पनि नेपालमा १० हजार बढी कोरोना सन्क्रमित फेला परेका छन। यस्तै सरकारले विभिन्न सरकारि गैरसरकारी कार्यलयमा प्रवेश गर्दा कोरोनाको खोप कार्ड अनिवार्य गरेको छ।

