आज थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि
काठमान्डौ – गएको २४ घण्टामा नेपालभरीबाट थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो ।
जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । सोमबार थपिएक कोरोना संक्रमित संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

