८ हजार १७ संक्रमि थपिए १५ को मृत्यु
काठमान्डौ – गत २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा गरिएको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा कोर्रोना संक्रमित फेला परेका हुन्।
यस्तै आज थाप कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ हजार २९२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन्।