संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन्। सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए ।
प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।
यस्तै कोरोना भए नभएको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा.डा. बज्रचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

