एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाले संसद भवन कब्जा गरे
फागुन ४ ,काठमान्डौ – नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ ।
झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा राखेर लगेको छ भने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।
केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ ।
माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को समूह पनि एमसीसीको विरोधमा उत्रिएको छ ।विरोध प्रदर्शनका कारण माइतीघर तीनकुने सडक खण्डमा यातायात सेवा सबै बन्द गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको थियो ।
भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने श्रोतले बताएको छ ।सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय गर्ने जनाईसकेका छन।