माओवादी नेताहरु एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा
काठमान्डौ – काठमाडौँ – सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।
नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ ।जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिईसकेको छ।
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालाई पत्र लेख्दै एमसीसी पास गराउने प्रतिबद्धता व्यक्त गरेको सार्वजनिक भएको थियो । एमसीसीको विरोध गर्दै आज नेपाल बन्द गरिएको छ भने नयाँ वानेश्वरको संसद भवन वरिपरि प्रदर्सन भएको छ।