भोलि बोलाईएको संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी
काठमाडौं- संघीय संसद सचिवालयले संसदको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीमा राखेको छैन। भोलि आइतबार दिउँसो १ बजे बोलाएको प्रतिनिधिसभा बैठकमा एमसीसी कार्यसूचीमा परेको छैन।
संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ।
हिजो बसेको प्रतिनिधिसभा बैठकमाममा पनि एमसीसी कार्यसूचीमा राखिएको थिएन। यस्तै आइतबार बिहान संसद् बैठक बस्नु अघि सत्ता गठबन्धनको बैठक बस्दैछ। आज एकिकृत समाजवादीको स्थायीकमिटि बसेको थियो।
बैठकले बैठकले सहमति जुटेमा, संसदको गतिरोध हटेमा एमसीसी संसदमा टेबल हुन दिने निर्णय गरेको हो। तर उक्त पार्टी भने एमसीसीको विपक्षमा रहने निर्णय गरेको श्रोतले जनाएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रपनि एमसीसीको विपक्षमा उभिसकेको छ।सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद् बैठकमा टेबल गर्ने तयारी गरेको छ।