भोलि पनि ६ दल दुइ मोर्चाले एमसीसी विरुद्द आन्दोलन गर्ने

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्द भोलि आन्दोलन हुने भएको छ। ६ दल दुई मोर्चाको संयुक्त आन्दोलनले नयाँ वानेश्वरको संसद भवान अगाडी प्रदर्शन गर्ने भएको हो।

नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी सम्बद्ध ,नेकपा कम्युनिस्ट पार्टी विप्लव नेतृत्व ,नेकपा क्रान्तिकारी, नेमकिपा लगायतका पार्टीहरुले हिजो पनि सोहि स्थानमा संयुक्त आन्दोलन गरेका थिए। प्रधानमन्त्री शीरबाहदुर दॆउवाले संसदबाट एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धनलाई दबाब दिएपछि उक्त दलहरु एमसीसीविरुद्द प्रदर्शनमा उत्रीएका हुन्।

प्रधानमन्त्रीले बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले समाजवादी लगायतका पार्टीले बताईसकेका छन्। अमेरिकाले एमसीसी पास गर्ने वा फिर्ता गर्ने भन्दै दिएको समय फागुन १६ नजिकिदै गर्दा दलहरुले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा गो ब्याक एमसीसी ,अमेरिकी साम्राज्यवाद मुर्दावादका नारा लगाईएको छ भने प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्द नाराबाजी गरिएको छ। एमसीसी पास गर्न गठबन्धनले साथ् नदिएपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए। भोलि पनि संसद बैठक बस्दै छ तर संघिय संसद सचिवालयले बैठकमा एमसीसीलाई कार्यसूचीमा राखेका छैन। एमसीसीलाई कार्यसूचीमा राखे लगतै देउवाले संसदमा टेबल गर्ने जोडमा छन्।