महिला दिवसकै दिन दैलेखमा महिलामाथि चक्कु प्रहार
फागुन २४,काठमाडौं – अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले पत्नीमाथि चक्कु प्रहार गरेका छन्। नारायण नगरपालिका ११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका पति २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट सावित्रा शक्ता घाईते भएकि छिन्। श्रीमान्ले बारम बार कुटपिट गर्न थालेपछि उनि नौमूले गाउँपालिका-८ चौराठास्थित माईतिघर बस्दै आईरहेकी थिइन्। सावित्रालाई बखतले सोमबार साँझ माइतीघरमै पुगेर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
सावित्रालाई चक्कु प्रहार गरेपछि बचाउन पुगेका सावित्राका ४६ वर्षीय बाबु बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई बखतले पनि चक्कु प्रहार गरेका छन। घाईते तिनै जनाको अहिले दैलेख अस्पतालमा उपचार भइरहेको डा. जगत थापाले जानकारी दिए।
पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।