अभिनेत्री करिश्मा मानन्धर अब एमालेतिर
चैत २,काठमान्डौ – अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेको श्रोतले जनाएको छ।
९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्ने पनि एमाले श्रोतले जनाएको छ। अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् ।
नयाँ शक्ति पार्टीबाट राजनिति शुरु गरेकी अभिनेत्री मानन्धर केहि दिन अगाडि एमाले अध्यक्ष केपि ओलीलाई भेट्न बालकोट पुगेकी थिइन।

