काठमाण्डौमा होलि खेल्न शुरु
चैत २ काठमान्डौ – काठमान्डौमा आज देखिनै रंगको पर्व होलि शुरु भएको छ। होलि पर्व भोकी ३ गते परेपनी आजदेखीनै मानिसहरुले रंग लगाउने गरेका छन । यस्तै मिथिला संस्कृती समाज नेपालले आज माईतीघर मन्डलामा होलि पर्व मनाएको छ।
उनीहरुले एक अर्कामा सुभकामना आदान प्रदान गर्दै रंग लगाई नाच गान गरि होलि पर्व मनाएका छन। यो बर्षको होलि पर्व भोलि ३ गते परेको छ भने सरकारले यो अवसरमा भोलि सार्वजनिक विदा दिएको छ।

यस्तै होलिमा सडक यात्रामा हिडिरहेका जोकोहिमाथी कसैले पनि लोला नहान्न सरकारले आग्रह गरेको छ। उमंगलो पर्व होलिमा एक अर्कामा रंग लगाई सुभकामना आदान प्रदान गरेपनी लुकेर लोला नहान्न महानगरीय प्रहरी प्रभागले पनि आग्रह गरेको छ।





रंग दार्पण # होलि

