Gold
Bangad salyan

जन्ताको पक्षमा काम गरेका मन्त्री आलेलाई हटाउने तयारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मन्त्रीबाट हट्ने संभावना बढेको छ।

सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेसंगै मन्त्री आले पनि पर्न सक्ने धेरैले अनुमान गरेका छन।

सो पार्टीले पूर्वसहमति अनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरुलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दावी छ ।

पछिल्लो समय जनमुखी काम गरेर मन्त्री प्रेम आले जन्तामाझ निकै लोकप्रिय भएका छन।