प्रचण्डलाई बचाउन जनयुद्ध लडेका लडाकुको शरिरमा ३२ वटा गोलि तर कसैले हेरेन
रुकुम – दश बर्ष जनयुद्ध लडेका रुकुमका एक लडाकुको शरिरमा ३४ वटा गोलि लागेको पाईएको छ। रूकुम मैकोटका लडाकुको द्वन्दकालमा सेनाको गोली नै गोलीको छर्रा लागेर शरीरभरि गोली अड्केको एक जना पीडित छन्।
उनको टाउकोमा ४ वटा गोली लागेका छन भने ३० वटा शरीरका गोली कम्मर र कुमबीचमा अड्किरहेका छन्। व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दै प्रचण्ड पथमा जन्तालाई हिडाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले मुलधारमा छन ।
तर उनले कहिले पनि जनयुद्ध लडेका सेना नेता कार्यकर्तालाई फर्केर हेरेनन । प्रचण्ड आफ्नै कारणले सत्तामा टिक्न सकेन्न उन्ले अहिले राजनितिक फेरबदलको खेल खेल्ने गरेका छन। तर जनयुद्धका घाईते अपाङ्गलाई अहिले सम्म उपचार गर्नु त परै जाओस् यउटा परिचयपत्र समेत उप्लबध गराउन सकेका छैन्न ।
यी घाईते लडाकुलाई राज्यले नहेरेपछी गोलिका कारण शरीर क्यान्सर समेत हुन थालेको छ। उनको आर्थिक अवस्था एकदम दयनीय छ। संगसंगै जनयुद्ध लडेर ठूलो पद र सत्तामा पुगेका नेताहरूले पछि यिनलाई हेरेनछन्।
अहिलेसम्म शरीरभरि रहेको न गोली निकालिएको छैन भने उनिसंग कुनै आयश्रोत नै छैन । त्यसै जनयुद्ध लडेका लडाकुहरु देश भरमा थुप्रैको उपचार हुन सकेको छैन । प्रचण्ड भने अहिले आफ्ना परिवारका ६ जनालाई मन्त्री र मेयर केन्द्रिय सदस्य बनाएर खुमलटारमा बसेका छन।