काठमाडौंको कपनमा आफ्नै श्रीमतीलाई आगो लगाउने व्याक्ति पक्राउ
चैत १२ ,काठमान्डौ – काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहाको लाहान नगरपालिका, ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।
करिब हिजो राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
महानगरीय प्रहरी पहरा गण सामाखुशीबाट मन्त्री निवास हरिहरभवनमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले घटना थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग कपनको टोलीले स्थानीयबासीको सहयोगमा ढोका फोडेर महिलाको उद्दार गरेको थियो । जलेर घाईते भएकि अस्मिताको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भाग जलेको छ भने बोल्न नसक्ने प्रहरीले जनाएको छ।