चौरजाहारी नगरपालिकामा ३३ वटा पक्कि विद्यालय भवन निर्माण
काठमान्डौ – चौरजाहारी नगरपालिकामा पाँच बर्षको अन्तरालमा ३३ वटा पक्कि बिद्यालय भवन निर्माण भएका छन। उक्त व्ध्यालयका करिब ३ सय २६ वटा कक्षा कोठा संचालनमा आएका छन भने अब आउँदो आर्थिक बर्ष सम्म ७० वटा कक्षा कोठा संचालनमा आउने नगर प्रमुख बिशाल शर्माले बताएका छन।
आउँदो आर्थिक बर्ष सम्म टिनका छाना मुक्त विद्यालय बनाउने चौरजारी नगरपालिका वडा नम्बर १२ सानोखोलामा रहेको जनकल्याण मा. बि विद्यालय उद्घाटन गर्दै नगर प्रमुख बिशाल शर्माले बताएका छन ।
चौरजाहारी नगपालिकामा बिकासका परियोजना तीब्र गतिमा भएको र अब आउने नयाँ सरकारले गर्नुपर्ने कुनै पनि काम बाँकी नराखेको समेत शर्माले दाबि गरे।
चौरजाहारी नगरपालिकालाई रुकुम कै नमुना नगरपालिका बनाउने आफ्नो परिकल्पना रहेको शर्माले उल्लेख गरेका छन ।
नेपाल कम्युनिस्ट माओवादी केन्द्र पाटी जनताको हितमा रहेको र जनताले भरपुर बिश्वास गरेर पार्टीलाई महत्त्वपूर्ण मत दिएर बिजय गराएको भन्दै अब आउने नगर सरकार पनि माओवादी केन्द्र कै हुन सक्ने उनले बता।

