Gold
Bangad salyan

फेरि बढ्यो इन्धनको मूल्य खाना पकाउने ग्यासमा पनि २५ रुपैयाँले वृद्धि

चैत २३ ,काठमाण्डाै -नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ ।