Gold
Bangad salyan

सुर्खेतमा कांग्रेस र एमाले ले चुनावमा प्रयोग गर्ने गाडीमा आगजनी

वैशाख २४

सुर्खेत -सुर्खेतको वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको छ।

स्कार्पियो गाडी नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको हो। मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।