गुर्भाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा फेरी पनि कांग्रेसको नेतृत्व
सुर्खेत – गुर्भाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस पार्टीको तर्फबाट मेयर पदमा हस्त पुन र उपमेयरमा मैना बिक भारि मतले विजयी भएका हुन्।
मेयर पदमा एमालेका प्रतिद्वन्दी तिलक खत्रीलाई हराउँदै हस्त पुन पून: दोस्रो कार्यकालको लागि नगरप्रमुखमा विजयी भएका हुन्। २०७४ सालको निर्वाचनमा पनि गुर्भाकोटमा हस्त पुन र मैना बिकले जित हासिल गरेका थिए।